Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एकीकृत समाजवादीले इलाममा जीतबहादुर राईलाई उम्मेदवार बनाउने

    एकीकृत समाजवादीले इलाममा जीतबहादुर राईलाई उम्मेदवार बनाउने

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 336
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

    एकीकृत समाजवादीले प्रतिनिधिसभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको हो।



    इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भएको छ तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको एकीकृत समाजवादीले जनाएको छ ।



    यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउन सक्ने भएपनि बझाङमा उम्मेदवारी दिन पार्टीलाई कसैले नरोक्ने बताएका थिए ।

    सोही अनुसार एकीकृत समाजवादीले सम्बन्धित पार्टी कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार