Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – निर्माण व्यवसायीहरूको बक्यौता रकम छिट्टै भुक्तानी हुन्छ

    प्रधानमन्त्री प्रचण्डले भने – निर्माण व्यवसायीहरूको बक्यौता रकम छिट्टै भुक्तानी हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 303
    SHARES

    मकवानपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीहरूको बक्यौता रकम छिट्टै भुक्तानी हुने बताएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    निर्माण व्यवसायीहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढिरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।



    उनले बाँकी बक्यौता रकम तुरून्त भुक्तानी दिन अर्थ मन्त्रालयलाई निर्देशित गरिसकेको जानकारी दिए ।

    प्रधानमन्त्रीले छिटोभन्दा छिटो बक्यौता रकम भुक्तानी गरी पूर्वाधार विकासका कामलाई गति दिनसमेत सरकार प्रतिबद्ध रहेको बताए।

    प्रधानमन्त्री प्रचण्डले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताए।

    प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको बताए ।

    रणनीतिक महत्वका आयोजनाहरू ओझेलमा पर्ने, अनावश्यक योजनाहरू थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदिने बेथितिको दुष्चक्रबाट मुक्त हुने गरी काम गर्न आफूले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयहरूलाई निर्देशित गरिसकेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार