Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयरल्याण्डविरूद्ध कमलसिंह ऐरीको ह्याट्रिक, १५७ रनमै अलआउट

    आयरल्याण्डविरूद्ध कमलसिंह ऐरीको ह्याट्रिक, १५७ रनमै अलआउट

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 402
    SHARES

    काठमाडौं । नेपालले पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड वुल्भ्सलाई १५७ रनमै अलआउट गरेको छ।

    टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डलाई नेपालले कमलसिंह ऐरीको ह्याट्रिकको मद्दतमा १५७ रनमै अलआउट गरेको हो।



    कमलले अन्तिम तीन विकेट लगातार लिएर ह्याट्रिक गरेका छन्। उनले ३८.१ ओभरमा लियाम म्याकार्थीलाई २ रनमा साहब अलामबाट क्याच गराए।



    दोस्रो बलमा म्याथ्यु हमफ्रीलाई बोल्ड गर्दा कमलले तेस्रो बलमा पनि बेन ह्वाइटलाई बोल्ड गरे। कमलले ६.३ ओभरमा १ मेडन राख्दा ४ विकेट लिए भने २१ रन खर्चिए।

    नेपालका लागि साहब अलाम र मौसम ढकालले पनि २-२ विकेट लिए।

    आयरल्यान्डका लागि कारमाइकलले ५१ रन र निल रकले ३९ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए। यसअघि तीन खेलको टी-२० सिरिज आयरल्यान्डले २-१ जितेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार