Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

    उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 309
    SHARES

    काठमाडौँ । उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।



    हिजो दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।



    उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।

    इलाम– २ मा प्रतिनिधिसभा उम्मेदवारका लागि डम्बरबहादुर खड्का र बझाङ प्रदेशसभा–१ का लागि अभिषेक सिंहलाई पार्टी सभापति देउवाले उम्मेदवार बनाउन खोजेका छन् भने शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले इलाम– २ भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।

    मंगलबार बसेको बैठक पनि बिना निष्कर्ष सकिएको थियो । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा १ तर्फ उपनिर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार