Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इलाम-२ को उपनिर्वाचनमा खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    इलाम-२ को उपनिर्वाचनमा खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 789
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम -२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो ।



    आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ ।



    यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।

    यसअघि इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो ।

    इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो ।

    सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार