Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आयरल्याण्ड वुल्भ्सले दियो नेपाललाई १७५ रनको लक्ष्य

    आयरल्याण्ड वुल्भ्सले दियो नेपाललाई १७५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 273
    SHARES

    काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड वुल्भ्सले नेपाललाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ ।

    त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो।



    आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।



    एक समय २०.३ ओभरमा ९४/७ को अवस्थामा पुगेको आयरल्यान्डलाई आठौं विकेटका लागि गेभिन र लियाम म्याकार्थीले ५४ रनको साझेदारी गरेका थिए ।

    कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भए ।

    नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार