Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

    जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 645
    SHARES

    जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा १२ करोड लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ ।

    कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए ।



    आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्न संघीय सरकारले बजेट विनियोजन गरेकाले अब ठेकेदार चयनलगायत प्रक्रिया शीघ्र पूरा गरेर निर्माण थालिने उनले जानकारी दिए । अस्पताल भवन बहुवर्षीय ठेक्कामा बनाइनेछ ।



    नगरप्रमुख कठायतका अनुसार भवनका लागि चालु आर्थिक वर्षमा तीन करोड विनियोजन भएको छ । बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ । रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार