Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेसले तोक्यो दुई क्षेत्रमा उपनिर्वाचन परिचालन संयोजक

    कांग्रेसले तोक्यो दुई क्षेत्रमा उपनिर्वाचन परिचालन संयोजक

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 363
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचन हुने दुई क्षेत्रका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।

    इलाम २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन् ।



    त्यस्तै बझाङ प्रदेशसभाको लागि चुनावी कमाण्डर एनपी साउद तोकिएका छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ ।



    खड्का जिल्ला सभापति समेत हुन् । उनी गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।

    बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

    उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार