Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गण्डकीमा अधिकारीले पेस गरेको दाबी असंवैधानिक भएको कांग्रेसको दाबी

    गण्डकीमा अधिकारीले पेस गरेको दाबी असंवैधानिक भएको कांग्रेसको दाबी

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 366
    SHARES

    पोखरा । नेपाली कांग्रेसले असंवैधानिक तरिकाबाट गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई पत्र पठाएको छ।

    कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पत्र पठाउँदै असंवैधानिक तरिकाबाट नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न भनेका हुन्।



    संविधानले सभामुख पदलाई स्वतन्त्र, तटस्थ र निष्पक्ष पद मानी आएको बताउँदै पाण्डेले दलको सदस्यता त्यागिसकेको व्यक्तिको समर्थन मान्य नहुने बताएका छन् ।



    एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुख र स्वतन्त्र सांसदको सर्मथनमा आज बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यकता पर्दछ । अधिकारीले एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसदसहित ३१ जनाको हस्ताक्षर बुझाएका हुन्।

    गण्डकी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस ठूलो दल छ । त्यस्तै राप्रपाका २ सांसद छन् । गण्डकीमा सरकार गठनका लागि राप्रपा निर्णायक शक्तिका रूपमा रहेको छ ।

    कांग्रेसले यसअघि कोशी प्रदेशको नजिरसमेत स्मरण गराउँदै प्रदेश प्रमुख भट्टलाई सरकारमा एमाले-माओवादीको दाबी असंवैधानिक भएको बताएको छ ।

    यसअघि कोशी प्रदेशमा सभामुखसहितको हस्ताक्षरमा सरकार बनाउँदा त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक करार गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार