Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति बनाउनै पर्ने कांग्रेसको निष्कर्ष

    सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति बनाउनै पर्ने कांग्रेसको निष्कर्ष

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 288
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेको हो।



    सहकारी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गर्न संसदीय छानबिन समिति गठन पहिलेदेखिकै बटमलाइन भएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताए ।



    संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले यसबारे थप छलफलका लागि संसदीय दलको बैठक पनि डाकेका छन्।

    सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सोमबार दिउँसो २ बजे छलफल गर्ने तयारी गरेका छन्।

    उक्त छलफलमा प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति देउवा, सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ।

    कांग्रेसका तर्फबाट छलफलमा सभापति देउवा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनेछन्। कांग्रेसले यसअघि बसेको प्रतिनिधि सभा बैठकमा आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति ल्याउनुपर्ने भन्दै ‘अल्टिमेटम’ दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार