Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेशनल मेडिकल कलेजको ल्याबमा छापा, एमडीसहित दुई पक्राउ

    नेशनल मेडिकल कलेजको ल्याबमा छापा, एमडीसहित दुई पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 423
    SHARES

    वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीसहितको अनुगमन टोलीले छापा मारेको छ ।

    प्रयोगशालामा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको सूचनाको आधारमा छापा मारिएको हो ।



    अस्पतालका प्रबन्ध निर्देशक (एमडी)शहनवाज हुसेन अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



    मेडिकल कलेजको ल्याब र फार्मेसीमा म्याद गुज्रिएको औषधि र केमिकल फेला परेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो।

    दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । सोमबार दिउँसो वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो।

    त्यसक्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेका अवस्थामा म्याद गुज्रिएका केमिकल र फार्मेसीमा पनि म्याद गुज्रिएका औषधि भेटिएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार