Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भद्रपुर–इलाम–सलकपुर सडक कालोपत्रे गरिँदै

    भद्रपुर–इलाम–सलकपुर सडक कालोपत्रे गरिँदै

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 408
    SHARES

    फाइल तस्विर

    झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक कालोपत्रे भइरहेको छ । उक्त सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्रे भइसकेको छ ।

    झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ ।



    प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड ६९ लाख ३३ हजार ८२८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो ।



    इन्जिनियर चौधरीले भद्रपुर–फडानी पुलबाट इँटाभट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको बताए । दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको उनले बताए । इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण ढिलो भएको बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार