Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चर्चित गजलकार प्रकट पंगेनीको निधन

    चर्चित गजलकार प्रकट पंगेनीको निधन

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 297
    SHARES

    काठमाडौं । चर्चित गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ।

    स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएका पंगेनीको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।



    ६८ वर्षीय पंगेनी निमोनिया लगायतका समस्याबाट पीडित थिए ।



    पोखरामा रहेर गजल, गीत, कविता लगायत साहित्यका विविध विधामा कलम चलाएका प्रकट श्रृङ्गारिक गजलबाट चर्चा कमाएका थिए।

    उनका करिब ५ दर्जन गीत रेकर्ड भएका छन्। उनका ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनाललाई’ गीत संग्रह प्रकाशित छन्।

    यस्तै, प्रणयवेदका ऋचाहरू गजल संग्रह र अक्षरभरी अक्षता कविता संग्रह पनि प्रकाशित छन्।

    प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् ।

    ३० को दशकबाट साहित्य सिर्जनामा क्रियाशील पंगेनी पछिल्लो समय जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए ।

    अस्पतालका अनुसार प्रकटलाई निमोनिया र जण्डिसको समस्या देखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार