Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सीआईबीबाट रिहा भएलगत्तै किन पक्राउ परे लीलाबहादुर ?

    सीआईबीबाट रिहा भएलगत्तै किन पक्राउ परे लीलाबहादुर ?

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 792
    SHARES

    काठमाडौँ । हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ पुनः पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।



    उनीविरुद्ध मंगलबार नै जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्यादसमेत लिएर अनुसन्धान अघि बढाइएको परिसर ललितपुरले जनाएको छ ।



    उनीविरुद्ध उपकार सहकारी ठगी प्रकरणमा उजुरी रहेकाले ललितपुर प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ ।

    यसअघि काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा सीआईबीबाट पक्राउ परेका उनीविरुद्ध  मुद्दा नचल्ने निर्णय गरिएको थियो ।

    उनीसहितका व्यक्तिले ठगी गरेको भन्दै ११ जनाले सीआईबीमा जाहेरी दिएका थिए । ११ जनाको २ करोड ६० लाख ठगी गरेको खुलेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार