Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एसीसी प्रिमियर कप

    यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

    यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 327
    SHARES

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज युएईसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

    अलअमरेत क्रिकेट ग्राउन्ड १ मा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।



    नेपालले साउदी अरेवियासँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । विश्राम पाएका सोमपाल कामी टोलीमा फर्किदा प्रतिश जिसी बेन्चमा छन् ।



    नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् ।

    नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो ।

    युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो ।

    ओमानसँग युएई ९ विकेटले हारेको थियो । नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार