Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

    यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 300
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ ।

    अलअमरेत क्रिकेट ग्राउन्ड १ मा टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९रनमा जोडेको हो ।



    नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए ।



    चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ४० बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए ।

    गुलसन झाले पनि २० रन बनाए । करण केसीले टोलीको खातामा १७ रन थपे । उनले १२ बलमा दुई छक्का प्रहार गरे ।

    नेपालका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार