Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एसीसी प्रिमियर कप: तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

    एसीसी प्रिमियर कप: तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 390
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

    पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि शनिबार तेस्रो स्थानका लागि भिड्न लागेका हुन्।



    पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको हो। समूह चरणका सबै खेल जितेको नेपाल अपराजित हुँदै सेमिफाइनल पुगेको थियो।



    सेमिफाइनलमा यूएईका बलरसामु नेपाल निरिह बनेको हो। दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग ५ विकेटले पराजित भयो।

    तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४ः १५ बजे सुरु हुँदैछ। प्रिमियरको कपको फाइनलमा आयोजक ओमान र युएई आइतबार भिड्नेछन्।

    तेस्रो सथानको खेल जित्दै नेपालले इमर्जिङ कपमा स्थान बनाउने लक्ष्य राखेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्न पाउने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार