Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आईपीएल क्रिकेट : लखनउले चेन्नईलाई ८ विकेटले हरायो

    आईपीएल क्रिकेट : लखनउले चेन्नईलाई ८ विकेटले हरायो

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 330
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले चेन्नई सुपर किङग्सलाई ८ विकेटले पराजित गरेको छ ।

    गएराति लखनउमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन बनायो । उसका रविन्द्र जडेजाले अविजित ५७ रन बनाए ।



    जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।



    डि कक र केएल राहुलले पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरे । राहुलले ८२ रन तथा डि ककले ५४ रन जोडे । जितसँगै लखनउको ७ खेलमा ८ अङ्क भएको छ ।

    लखनउ तालिकाको पाचौँ स्थानमा छ । समान ७ खेलमा ८ अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार