Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल जेल चलान

    नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल जेल चलान

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल जेल चलान भएका छन् । अवैध सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा बिशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

    न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अवैध सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।



    उनीसँग २३ करोड ७५ लाख अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार मुद्दा दायर गरेको हो ।



    उनले प्रमाण नष्ट गर्न सक्ने तथा पैसा लुकाउनसक्ने भन्दै अदालतले थुनामा पठाएको हो ।

    उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो । नेसनल पेमेन्ट गेटवेसम्बन्धि भ्रष्टाचार मुद्दामा पनि उनी दोषी ठहर भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार