Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एलजी फेस्ट २०२५ को सम्पूर्ण तयारी पुरा

एलजी फेस्ट २०२५ को सम्पूर्ण तयारी पुरा

बिहिवार , माघ १७, २०८१

हङ्कङ। चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को अवसरमा हङकङमा आज हुन लागेको एलजी एलजी फेस्ट २०२५ को तयारी पुरा भएको छ ।

हङकङमा क्रियाशील नेपालीको संस्था लालीगुराँस एसोसिएसनले आयोजना गर्न लागेको ‘एलजी फेस्ट २०२५’ को तयारी पुरा भएको हो ।

लालीगुराँस एसोसिएसनले हरेक वर्ष हजारौं दर्शकमाझ दुई दर्जन चर्चित कलाकारहरूको टोलीलाई हङकङमा प्रस्तुती दिंदै आएको छ ।

एलजी नाईटकोरुपमा हरेक बर्ष कार्यक्रम हुँदै आएकोमा १७ वर्ष पुगेको उपलक्ष्यमा एलजी फेस्ट २०२५ आयोजना गरिएको आयोजक मध्येका संचालक चेतन गुरुङले बताए ।

ताई तोङस्थित इको पार्कमा हुन लागेको ओपन कन्सर्टमा बलिउडका स्टारहरूका साथै नेपाली कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

कार्यक्रममा चर्चित ब्यान्ड कन्दरा, पूर्ण राई एन्ड दाजुभाइ, जोन एन्ड द लोकल्सका साथमा गायिका शान्ति श्री परियार, डान्सर समर्पण लामा, सुस्मिता तामाङले आफ्नो प्रस्तुति दिनेछन्।

कार्यक्रम संञ्चालनसँगै हास्यकलाकार जितु नेपाल र नायीका केकी अधिकारीले पनि आफ्नो प्रस्तुति दिनेछन्।

चेतन गुरुङ, विशाल गुरुङ, हिमाल राना लगायतका हङकङेली युवाहरूले सन् २००४ मा स्थापना गरेको लालीगुराँस एसोसियसन (एलजी)ले युके, अस्ट्रेलिया, अमेरिका, मकाउ, जापान लगायतका देशहरूमा समेत सांगितिक कार्यक्रमहरूको आयोजना गरिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077