सिड्नी । स्थापनाकालदेखि हरेक वर्ष सांगीतिक कार्यक्रम गर्दै आएको एलजी एसोसिएसनको आयोजनामा शनिबार (नोभेम्बर २२) मा सिड्नीको ओलम्पिक पार्कमा ‘एलजी फेस्ट-२०२५’ आयोजना हुँदैछ ।
एलजी फेस्टमा चर्चित ब्यान्ड जोन एन्ड दी लोकल्स, र्यापर योद्धा र स्वप्नील शर्माको ब्यान्डको विशेष प्रस्तुति रहनेछ ।
नयाँ पुस्ताका लागि निकै लोकप्रिय रहेको जोन एन्ड दी लोकल्स, योद्धा र स्वप्नील शर्माको ब्यान्ड स्वारको मिश्रण रहेको यो सांगितिक महोत्सव यतिबेला अस्ट्रेलियामै चर्चामा रहेको छ ।
प्रतिष्ठित भेन्यू ओलम्पिक पार्कमा हुने कार्यक्रमका लागि ६ हजारभन्दा बढी टिकट बिक्री भइसकेको आयोजक मध्येका शितल गिरीले जानकारी दिएका छन् । कार्यक्रमलाई भब्य र सफल बनाउन सम्पूर्ण तयारी पुरा भैसकेको गिरीले बताए ।
कार्यक्रमलाई मार्की होम्स र एमआईटीलगायतले सहयोग गरेका छन् । हङकङबाट शुरु भएको लालीगुराँस एसोसिएसनको ‘एलजी नाइट’ पछिल्लो समय अस्ट्रेलिया, यूके, मकाउ, जापानलगायतका देशमा पनि हुँदै आएको छ ।
कार्यक्रमलाई सफल बनाउन एलजी एसोसिएसनका संस्थापकद्वय चेतन गुरुङ र बिशाल गुरुङ अस्ट्रेलिया आइपुगेका छन्।