Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हङकङमा 'एलजी फेस्ट २०२५' इतिहासकै भव्य, पाँच हजार बढी दर्शकले हेरे

हङकङमा 'एलजी फेस्ट २०२५' इतिहासकै भव्य, पाँच हजार बढी दर्शकले हेरे

शनिवार , माघ १९, २०८१

काठमाडौं । चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को अवसरमा हङकङमा क्रियाशील नेपालीको संस्था ‘लालीगुराँस एसोसिएसन’ले ‘एलजी फेस्ट २०२५ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

जनवरी ३० मा ताई तोङस्थित इको पार्कमा भएको उक्त कार्यक्रम इतिहासकै सबैभन्दा राम्रो र भव्य रूपमा सम्पन्न भएको हो ।

चेतन गुरुङ, विशाल गुरुङ, हिमाल रानालगायत हङकङका जुझारु नेपाली युवाले सन् २००४ मा हङकङमा ‘लालीगुराँस एसोसिएसन’ नामक संस्थाको स्थापना गरेका थिए ।

उनीहरुले नै एलजी नाइटको आयोजना गर्दै आएका छन् । कार्यक्रममा नेपाली ब्याण्ड जोन एण्ड द लोकल्स, कन्दरा, पूर्ण राई एण्ड द दाजुभाई र शान्ति श्री परियार (रुकुमकोट) लगायतले आफ्नो कला प्रस्तुती देखाएका थिए ।

यसैगरी भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर’ सिजन ३ का विजेता समर्पण लामाले नृत्य प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा हङकङको स्थानिय ब्याण्ड र स्थानीय कलाकारहरुले पनि प्रस्तुती देखाएका थिए ।

कार्यक्रमको होस्ट भने कलाकार जीतु नेपाल र नायिका केकी अधिकारीले गरेका थिए । कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थिति रहेको थियो ।

विदेशी भूमिमा आफ्नो कला–संस्कृतिलाई जोगाइ राख्न र नेपाल–हङकङबीचको मैत्री सम्बन्धलाई अझै प्रघाढ बनाउने उद्देश्यका साथ प्रत्येक वर्ष कार्यक्रम आयोजना गरिएको आयोजक चेतन गुरुङले बताए ।

स्थापनाकालदेखि हरेक वर्ष कार्यक्रम गर्दै आएको लालीगुराँस एसोसिएसनको ‘एलजी नाइट’ पछिल्लो समय अस्ट्रेलिया, यूके, मकाउ, जापानलगायतका देशमा पनि हुँदै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077