अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क-९ टारीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सन्धिखर्क-ढोरपाटन सडक खण्डमा गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेकोलु १ ज ४७२३ नं. को फोर्स जीप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मृत्यु हुनेमा गुल्मी मदाने गा.पा.६ पुर्कोटकी १० वर्षिया अरुणा थापा र मदाने गा.पा. ७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेको छन् ।
दुर्घटनामा २४ जना घाइते भएका छन् । उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।
केही घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।