Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वेष्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

वेष्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । वेष्ट इन्डिजसँगको ऐतिहासिक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ ।

युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा सन् २०१२ र २०१६ को विश्वकप विजेताविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो ।

नेपाली क्रिकेटकै इतिहासमा टेस्ट राष्ट्रविरुद्धको यो पहिलो जित हो । उक्त जितसँगै तीन शृंखलामा नेपाल १–० ले अघि छ ।

आज खेलमा पनि सन्दीप लामिछाने छैनन् । आदिल अन्सारीले टिममा स्थान बनाएका छन् ।

नेपाली टिम :

कुशल भुर्तेल, आसिफ शेख, कप्तान रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, मोहम्मद आदिल आलम, सोमपाल कामी, करण केसी र ललित राजवंशी ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077