Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पश्चिमाको गोटी बनेर बालेनले जेनजीको आस्था र विश्वासमाथि खेलवाड गरेको प्रसाईंको आरोप

पश्चिमाको गोटी बनेर बालेनले जेनजीको आस्था र विश्वासमाथि खेलवाड गरेको प्रसाईंको आरोप

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं । केही समय अघि मात्रै राजनीतिक दलको घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जेन–जी आन्दोलनमा पश्चिमाको गोटी बनेर पर्दा पछाडिबाट खेलेको आरोप लगाएका छन्।

विजय दशमी, तिहार तथा छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रसाईँले हालैको जेन–जी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले आन्दोलन सुरुमा समयसापेक्ष र विचारपूर्ण भए पनि पछिल्लो चरणमा ‘पश्चिमी हस्तक्षेप’का कारण यसको स्वरूप बिग्रिएको बताए। प्रसाईँले मेयर साहमाथि पश्चिमी

स्वार्थअनुरूप ‘पर्दा पछाडिबाट राजनीति खेलेको’ गम्भीर आरोप पनि लगाए। उनका अनुसार, बारबरा फाउन्डेशनसहितका संस्थामार्फत पश्चिमी प्रभाव नेपालमा प्रवेश गरेको छ, जसको प्रत्यक्ष असर देशको भविष्य र इतिहासमा पर्न सक्ने चेतावनी उनले दिए।

त्यसैगरी, उनले मेयर साहले विद्यार्थी छात्रवृत्ति, एम्बुलेन्स वितरण र सडक बत्ती जस्ता कामलाई आफ्नो निजी सम्पत्तिबाट काम गरेको जस्तो देखाएको आरोप लगाए। राज्यको जिम्मेवारीलाई व्यक्तिगत प्रचारबाजीका लागि प्रयोग गरिएको उनको भनाइ छ।

प्रसाईँले नेपाली जनतालाई सचेत रहन आग्रह गर्दै सिंहदरबारमा भएको आगजनीलाई ‘इतिहासमा अपराधका रूपमा दर्ज हुने घटना’को संज्ञा दिए।

यस्तो छ प्रसाईँको भिडियो सन्देश

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077