महोत्तरी । महोत्तरीको खयरमारामा बस दुर्घटना भएको छ ।
खयरमाराबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६४ नम्बरको बस शुक्रबार बिहान बर्दिवास नगरपालिका–११ स्थित भित्री सडकमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दुर्घटनामा केही यात्रु घाइते भए पनि यकिन विवरण आएको छैन ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।