काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सबै सरोकारवालाबीचको सहकार्यलाई वृद्धि गर्नुपर्ने बताएका छन् ।
शनिबार साँझ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।
उनले विपद् व्यवस्थापनका लागि सरकार र नागरिकका साथै सामुदायिक एवं व्यावसायिक संस्थाहरूबीच समझदारी विकास हुनुपर्ने बताए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका मन्त्री अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको स्पिरिटअनुसार काम हुनुपर्ने उल्लेख गर्दै गरे । उनले विपद् जोखिम व्यवस्थापनमा गरिएको निर्देशनको पूर्ण पालना हुनुपर्ने बताए ।