Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दसैँ बिदामा रहेका कर्मचारीलाई आज हाजिर नभए कारबाही गर्ने सशस्त्रको चेतावनी

दसैँ बिदामा रहेका कर्मचारीलाई आज हाजिर नभए कारबाही गर्ने सशस्त्रको चेतावनी

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले आफू मातहतका सबै कर्मचारीलाई आज हाजिर हुन निर्देशन दिएको छ ।

शनिबार एक निर्देशन जारी गर्दै एपीएफले दसैँ बिदामा रहेका कर्मचारीलाई सबैभन्दा नजिकको सशस्त्र प्रहरी बलको युनिट तथा कार्यालयमा आइतबार बिहान १० बजेभित्र अनिवार्य हाजिर हुन निर्देशन दिएको हो ।

बाढी, पहिरो र विपद् जोखिमका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरे पनि सुरक्षा निकायका कर्मचारी सदैव परिचालन हुनुपर्ने भएकाले निर्देशन जारी गरिएको एपीएफले जनाएको छ ।

हाजिर भएका कर्मचारीहरूलाई विपद् उद्धार कार्यमा परिचालन गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

तोकिएको मितिमा हाजिर नहुने कर्मचारीलाई विपद् उद्धार कार्यमा परिचालन हुन नसकेको ठहर गर्दै सशस्त्र प्रहरी नियमानुसार कारबाही गरिने पनि चेतावनी दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077