Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्राकृतिक विपद्‌पछि पानीजन्य रोग फैलिन सक्ने चेतावनी, सतर्कता अपनाउन आग्रह

प्राकृतिक विपद्‌पछि पानीजन्य रोग फैलिन सक्ने चेतावनी, सतर्कता अपनाउन आग्रह

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागमा देखिएका प्राकृतिक विपद्‌का कारण पानीजन्य तथा सरसफाइसम्बन्धी रोग फैलिन सक्ने भन्दै सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्राकृतिक विपद्‌का बेला तत्काल शारीरिक चोटपटक र भौतिक क्षति देखिए पनि त्यसपछि पानी प्रदूषणका कारण पखाला, हैजा जस्ता पानीजन्य रोग र डेंगु, मलेरिया जस्ता कीटजन्य रोग बढ्ने जोखिम रहने बताए।

उनका अनुसार, हालका बाढीपहिरो र वर्षापछि प्रभावित नागरिकले सुरक्षित खानपान र बसोबास नपाएको अवस्थाले खानासम्बन्धी रोग, आँखा पाक्ने समस्या तथा मानसिक स्वास्थ्यका चुनौतीहरू पनि बढ्न सक्ने सम्भावना रहेको छ।

डा। बुढाथोकीले प्रभावित क्षेत्रमा स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत शुद्ध उमालेको पानी पिउन, सरसफाइमा ध्यान दिन र आवश्यक सावधानी अपनाउन सचेतना फैलाइरहेको जानकारी दिए।

मन्त्रालयले आपतकालीन स्वास्थ्य सेवाका लागि तालिम प्राप्त चालक र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सको व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक परेमा हटलाइन १०२ मा सम्पर्क गर्न अनुरोध गरेको छ। त्यस्तै, स्वास्थ्यसम्बन्धी कुनै जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

निरन्तर वर्षा र प्राकृतिक प्रकोपका कारण जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077