Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुण्डा नाइके सानुभाइ पुनः पक्राउ

गुण्डा नाइके सानुभाइ पुनः पक्राउ

आइतवार , आश्विन १९, २०८२

काठमाडौँ । गुण्डागर्दीका रूपमा परिचित युवराज गुरुङ उर्फ सानुभाइ पुनः प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार आइतबार काठमाडौँको टोखा क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भई हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका ३३ वर्षीय सानुभाई यसअघि पनि पटक–पटक आपराधिक गतिविधिमा संलग्न आरोपमा पक्राउ परेका छन्।

उनी साउन १२ गते पनि ठमेलको नर्सिङ चोकस्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए । यसपटक भनेधम्की दिएको उजुरी परेपछि प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यद्यपि, प्रहरीले कसलाई र के विषयमा धम्की दिएको भन्नेबारे विस्तृत जानकारी खुलाएको छैन। प्रहरीले सानुभाईलाई हाल थप अनुसन्धानका लागि हिरासतमा राखेको र उनको पछिल्ला गतिविधिबारे विवरण संकलन भइरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077