Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुण्डा नाइके सानुभाइ पनि पक्राउ

गुण्डा नाइके सानुभाइ पनि पक्राउ

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । राजधानीमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष अपरेशन अन्तर्गत ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गुरुङलाई गएराति सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । प्रहरीले शुक्रबार रातिदेखि उपत्यकामा व्यापक रूपमा गुण्डागर्दीविरुद्ध अपरेशन चलाउँदै आएको छ ।

यस क्रममा शुक्रबार राति मात्रै १७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ भने सानुभाइसहित पक्राउ संख्या १८ पुगेको प्रहरीले जनाएको छ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भई हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका ३३ वर्षीय गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन्।

२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो। 

सानुभाइलाई विगतमा प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात व्यक्तित्व कुमार श्रेष्ठ ‘घैँटे’को नजिकका सहयोगीका रूपमा चिनिन्छ। ‘घैँटे’को इन्काउन्टरपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको बताइन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077