Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज कतारसँग अभ्यास खेल खेल्दै नेपाल

आज कतारसँग अभ्यास खेल खेल्दै नेपाल

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया कप छनोटको दोस्रो खेलमा नेपाली क्रिकेट टोलीले आज कतारसँग खेल्दैछ ।

सोमबार खेल ‌ओमानको ओमान क्रीकेट ऐकेडेमी ग्राउन्ड-१ मा नेपाली समय अनुसार बेलुका ४ः१५ बजेदेखि सुरु हुनेछ।

यसअघि अस्ति भएको खेलमा नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो ।

टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको हो । नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ ।

समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077