Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन र सुदनविरुद्धको जाहेरी भएन दर्ता, प्रहरीले २४ घण्टाभित्र जवाफ दिने

बालेन र सुदनविरुद्धको जाहेरी भएन दर्ता, प्रहरीले २४ घण्टाभित्र जवाफ दिने

मंगलवार , आश्विन २१, २०८२

काठमाडौँ । नेकपा एमालेनिकट अखिल क्रान्तिकारी (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाली संस्थाका अध्यक्ष सुदन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसरमा औपचारिक जाहेरी दर्ता गरेको छ ।

अनेरास्ववियुका कार्यकर्ताहरू मंगलबार दिउँसो भद्रकालीस्थित प्रहरी परिसर पुगेका थिए । जाहेरी दर्ता नहुँदा पनि प्रहरीको मुद्दा फाँटका प्रमुख राजु अधिकारीले सरकारी वकिलसँग राय लिएर २४ घण्टाभित्र जवाफ दिने बताएका छन् ।

अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालका अनुसार जाहेरीमा भाद्र २३ र २४ गते देशभर भएका आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्ति जलाउने, तोडफोड गर्ने, प्रहरीमाथि आक्रमण गर्ने र हत्या गर्न उक्साउने आरोप लगाइएको छ ।

लुटपाट, आगजनी, व्यक्ति हत्या र हिंसा फैलाउने कार्यमा संलग्नहरूलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ । नागरिक भएर विदेशीका लागि जासुसी गर्ने, राष्ट्रिय सम्पत्तिमा क्षति पुर्‍याउने कार्य अक्षम्य रहेको अनेरास्ववियुको ठहर छ ।

अनेरास्ववियुका अनुसार, आन्दोलनका क्रममा भएको अराजक गतिविधिको जिम्मेवारी लिने र कानुनी जवाफ दिने वातावरण बनाउन प्रहरीसँग माग गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077