Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युवराजले बालेन र सुदनलाई पनि छाडेनन्, प्रहरीमा दिए राजद्रोहको जाहेरी

युवराजले बालेन र सुदनलाई पनि छाडेनन्, प्रहरीमा दिए राजद्रोहको जाहेरी

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङविरुद्ध पुनः अर्को जाहेरी परेको छ ।

युवराज पौडेल ‘सफल’ले बुधबार हुलाकमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पठाएका हुन् । उक्त जाहेरी प्रहरी परिसरमा पुगिसकेको छ ।

पौडेलले पठाएको जाहेरीमा ‘मुलुकी अपराध संहिता, २०७४’ को दफा ५० (१) अन्तर्गतको ‘राजद्रोह सम्बन्धी कसुर’ मा अनुसन्धानको माग गरिएको छ।

यसअघि मंगलबार मात्र अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडाल नेतृत्वको समूहले पनि बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गराउन प्रहरी परिसर पुगेका थिए। तर, दुवै जाहेरी अहिलेसम्म औपचारिक रूपमा दर्ता भएका छैनन्।

प्रहरीका अनुसार अनेरास्ववियुको टोलीलाई २४ घण्टाभित्र सरकारी वकिलसँग छलफल गरी निर्णय दिने भन्दै फर्काइएको थियो। उता युवराज सफलले भने आफूले हुलाकबाट पठाएको जाहेरी भोलिसम्ममा दर्ता हुने अपेक्षा व्यक्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077