Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक, परिवारमा आशा पलायो

हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक, परिवारमा आशा पलायो

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । हमास समूहले दुई वर्षदेखि बन्धक बनाएर राखेका नेपाली विद्यार्थी विपिन जोशीको नयाँ तस्बिर सार्वजनिक भएको छ।

इजरायली सञ्चारमाध्यमका अनुसार उक्त तस्बिर इजरायली रक्षा बलले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको हो।

इजरायलस्थित होस्टेजेज फ्यामिलिज फोरम हेडक्वार्टर्स र विभिन्न स्थानीय सञ्चार संस्थाले जनाएअनुसार यो तस्बिर नोभेम्बर २०२३ मा खिचिएको भिडियोबाट निकालिएको हो। यद्यपि, भिडियो स्वयं भने अझै सार्वजनिक गरिएको छैन।

तस्बिरमा विपिनलाई अपहरणपछि करिब एक महिनापछिको अवस्थामै देख्न सकिन्छ। यसअघि उनी अपहरण भएको दिन गाजास्थित शिफा अस्पतालको सुरक्षा क्यामेरामा देखिएका थिए। त्यसयता उनको कुनै पनि नयाँ तस्बिर वा भिडियो सार्वजनिक भएको थिएन।

नयाँ तस्बिर सार्वजनिक भएपछि लामो समयदेखि विपिनको अवस्थाबारे चिन्तित उनका परिवारजन र शुभेच्छुकहरूमा उनी अझै जीवित हुनसक्ने आशा पलाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077