काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठक केहिबेर अगाडि सुरु भएको हो ।
बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुनस्स्थापनाबारे निर्णय हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।