Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपसभापतिको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक जारी, देउवा अनुपस्थित

उपसभापतिको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक जारी, देउवा अनुपस्थित

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरअघिबाट बैठक जारी छ ।

सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । आजको बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो ।

बैठकमा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसमा नेतृत्व परिवर्तन, केन्द्रीय समितिका एजेन्डा, महाधिवेशन, निर्वाचन लगायतबारे बहस भइरहेको छ ।

जेनजी विद्रोहका क्रममा जलेर खण्डहर बनेको केन्द्रीय कार्यालय, सानेपामा बैठक चलिरहेको छ।

कांग्रेसको २६ असोजबाट केन्द्रीय कार्यसमिति बैठक हुँदैछ। त्यसैको तयारीस्वरुप यो बैठक बसेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077