Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिल्ला अदालत जोगाउने सहायक हवलदार अधिकारीलाई सम्मान

जिल्ला अदालत जोगाउने सहायक हवलदार अधिकारीलाई सम्मान

बिहिवार , आश्विन २३, २०८२

दाङ । भदौ २४ गतेको जेनजी आन्दोलनका हिंसात्मक गतिविधिबीच कार्यालय जोगाउन ज्यान जोखिममा राखी कर्तव्य पालन गर्ने प्रहरी सहायक हवलदार संगीता अधिकारीलाई दाङ जिल्ला अदालतले विशेष सम्मान गरेको छ ।

बिहीबार अदालत परिसरमा आयोजित समारोहमा जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले अधिकारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

अदालतका अनुसार अधिकारीले “कर्तव्यनिष्ठा, अदम्य साहस र कार्यालय जोगाउने असाधारण योगदान”का लागि सम्मान पाएकी हुन् ।

भदौ २४ गते दिउँसो जेनजी आन्दोलन हिंसात्मक रूप लिँदै दाङमा समेत फैलिएको थियो । सरकारी कार्यालयहरू, निजी घर र संरचनाहरू आगोमा जलेका थिए । सुरक्षाकर्मीहरू पनि आफ्नै सुरक्षामा केन्द्रित भइरहेका थिए ।

तर, त्यही बेला दाङ जिल्ला अदालतमा कार्यरत सहायक हवलदार संगीता अधिकारी एक्लै अदालतको गेटमा सुरक्षार्थ खटिएकी थिइन् ।

अदालत नजिकैको जिल्ला समन्वय समिति कार्यालयमा आगजनी भइरहेको देखेपछि उनले भिड अदालतमा आइपुग्ने अनुमान गरिन्। कमान्डर र सहकर्मीहरू ब्यारेकतर्फ व्यस्त रहेका बेला उनले आफ्नो स्थान नछोडी अदालतको रक्षा गरिन् ।

खाली हात, कुनै बल प्रयोग बिना, सयौँ आन्दोलनकारीबीच उभिएकी अधिकारीले संवाद र साहसको माध्यमबाट अदालत जोगाएकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077