Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजा शान्ति योजना अनुमोदन, ७२ घण्टापछि बन्धक रिहा हुने

गाजा शान्ति योजना अनुमोदन, ७२ घण्टापछि बन्धक रिहा हुने

शुक्रवार , आश्विन २४, २०८२

एजेन्सी । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी अमेरिकी योजना अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव औपचारिक रूपमा स्वीकृत गरेको पुष्टि गरेको हो ।

प्रधानमन्त्री नेतन्याहूले यस निर्णयलाई 'ऐतिहासिक विकास' को रूपमा वर्णन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गरेका छन्। उनले बैठकमा उपस्थित अमेरिकी दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरलाई पनि धन्यवाद ज्ञापन गरेका छन्।

यसैबीच, राष्ट्रपति ट्रम्पले सोमबार वा मंगलबारसम्ममा इजरायली बन्धकहरू रिहा हुन सक्ने बताएका छन्। बीबीसीका अनुसार यो सम्झौताको पहिलो चरणमा इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच प्रारम्भिक सहमति भएको हो।

सम्झौताअनुसार, इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरू रिहा गर्नेछ भने, इजरायली सेना गाजाका केही भागहरूबाट फिर्ता हुन सुरु गर्नेछ। साथसाथै, दिनहुँ सयौँ ट्रक मानवीय सहायता सामग्री गाजामा प्रवेश गर्ने व्यवस्था गरिएको छ।

इजरायली सञ्चारमाध्यमका अनुसार सम्झौता अनुमोदन भएसँगै २४ घण्टाभित्र युद्धविराम लागू हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले इजरायली सेना गाजा पट्टीको करिब ५३ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहने गरी एक निश्चित रेखासम्म फिर्ता हुने बताएका छन्।

ह्वाइट हाउसले गत हप्ता सार्वजनिक गरेको नक्साअनुसार, यो तीन चरणमा अघि बढ्ने फिर्ती प्रक्रियाको पहिलो चरण हो।

पहिलो ७२ घण्टाभित्र हमासले जीवित रहेका विश्वास गरिएका २० बन्धकहरूलाई मुक्त गर्नेछ, त्यसपछि मृत्यु भइसकेका २८ बन्धकहरूको शव फिर्ता गरिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077