Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैतनिक दूतका गाडीलाई दिइएको निलो नम्बर प्लेट खारेज

अवैतनिक दूतका गाडीलाई दिइएको निलो नम्बर प्लेट खारेज

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक कन्सल जनरलरकन्सलहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको निलो नम्बर प्लेट खारेज गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अवैतनिक कन्सल जनरल र कन्सल सम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम शुक्रबार यो निर्णय लिइएको हो ।

'साथै, निलो नम्बर प्लेटका सवारीसाधनहरूको दुरुपयोग भएको भन्ने गुनासो समेतका आधारमा सरकारले यो निर्णय गरेको हो,' परराष्ट्रले भनेको छ ।

हाल प्रयोगमा रहेका निलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायसँग यस निर्णयको कार्यान्वयनका लागि आवश्यक समन्वय हुने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077