Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासको नियन्त्रणमा रहेका विपिन जोशी जीवितको सूचीमा

हमासको नियन्त्रणमा रहेका विपिन जोशी जीवितको सूचीमा

आइतवार , आश्विन २६, २०८२

एजेन्सी । गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि उनको अवस्था अज्ञात रहेको समाचारहरू आएका थिए ।

तर अब टाइम्स अफ इजरायल, एपी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकको सूचीमा जोशीको नाम समावेश भएको पुष्टि गरेका हुन् ।

गाजामा रहेका २५१ अपहरितमध्ये हाल ४८ जना अझै हमासको कब्जामा रहेका छन् । इजरायलले तीमध्ये २५ जनाको मृत्यु भएको दाबी गरेको छ। तर जीवित ठानिएका २२ जनामध्ये बिपिन जोशीको नाम आउनु नेपालीका लागि राहत र आशाको खबर बनेको छ।

शुक्रबारदेखि सुरु भएको युद्धविरामसँगै सोमबारदेखि बन्धकहरू रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले सो क्रममा दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077