Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपी खापुङद्वारा इलाका प्रहरी कार्यालय दमकको अनुगमन, सुरक्षा व्यवस्था थप सुदृढ गर्न निर्देशन

आईजीपी खापुङद्वारा इलाका प्रहरी कार्यालय दमकको अनुगमन, सुरक्षा व्यवस्था थप सुदृढ गर्न निर्देशन

आइतवार , आश्विन २६, २०८२

झापा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले आइतबार बिहान इलाका प्रहरी कार्यालय (इप्रका) अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन अवलोकन गरेका छन्।

अवलोकनका क्रममा महानिरीक्षक खापुङले यी कार्यालय भवन निर्माण वा स्तरोन्नतिमा स्थानीय समुदायले पुर्‍याएको अतुलनीय सहयोगप्रति धन्यवाद व्यक्त गरे।

May be an image of one or more people

आईजीपी खापुङले समाजको शान्ति सुरक्षा र अमनचैन कायम राख्न नेपाल प्रहरी सधैँ प्रतिबद्ध रहेको दोहोर्‍याए।

उनले सामुदायिक सहयोगले प्रहरीको मनोबल उच्च बनाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको उल्लेख गरे।

यस अवसरमा उनले स्थानीय समुदायका अगुवा तथा प्रहरी अधिकारीहरूसँग छलफल गर्दै शान्ति सुरक्षालाई थप सुदृढ बनाउने विषयमा आवश्यक निर्देशन समेत दिएका छन्।

असोज १८ र १९ गते परेको भिषण वर्षाको कारण क्षति भएको निरीक्षण गर्न खापुङ्गसंगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ, गृहसचिव रामेश्वर दंगाल, सचिव केशव कुमार शर्मा, लगायतको टोली शनिबार इलाम गएको थियो ।

सोही अवसरमा खापुङ्गले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अवलोकन गरेका हुन् ।

May be an image of one or more people and textMay be an image of one or more people

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077