Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीबीसीको डकुमेन्ट्रीबारे तत्कालीन आईजीपी खापुङले भने–मिडिया ट्रायल हो, ‘कन्टेन्ट’ मा केही छैन

बीबीसीको डकुमेन्ट्रीबारे तत्कालीन आईजीपी खापुङले भने–मिडिया ट्रायल हो, ‘कन्टेन्ट’ मा केही छैन

शुक्रवार , फाल्गुण १५, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी नेपाली सेवाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित रहेर तयार पारेको डकुमेन्ट्रीलाई तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले ‘मिडिया ट्रायल’ को संज्ञा दिएका छन् । 

एक अनलाइनसँग अन्तर्वार्ता दिंदै उनले डकुमेन्ट्रीमा प्रस्तुत भएका प्रहरीका संवाद र कलसाइनहरु हुबहु नहुनसक्ने दावी गरेका छन् । नेपाल प्रहरीको सञ्चार सेटको टावर, डाटा अद्यावधिक र भण्डारण अत्यन्तै संवेदनशील विषय भएको र ती कुरा जोकसैलाई प्रहरीले उपलब्ध नगराउने उनको भनाइ छ । 

खापुङ कात्तिक २७ गते नेपाल प्रहरी सेवाबाट अनिवार्य अवकास भएका थिए । 

बीबीसीको डकुमेन्ट्रीबारे के भन्नुहुन्छ ? भन्ने प्रश्नमा आईजीपी खापुङले भनेका छन्–‘यो ‘मिडिया ट्रायल’ हो । चुनावको मुखमा निकालेका छन् । त्यसैले यो ‘कन्टेन्ट’ (विषयबस्तु)मा भन्दा पनि ‘टपिक’ (शीर्षक)मा खेलिरहेका छन् । ‘कन्टेन्ट’ मा खासै केही छैन ।

कर्फ्यु लागिसकेपछि गोली हान्ने आदेश दिनुभएको हो कि होइन भन्ने अर्को प्रश्नमा तत्कालिन आईजीपी खापुङले ‘कर्फ्यु आदेश जारी भएपछि ‘आवश्यकता अनुसार गर’ भनेको छ । गोली हान भनेको त छैन नि । पुलिस मर्न आँट्यो, ज्यान जान आँट्यो, आगो लागिसक्यो के गर्ने भनेर कराइराख्दा कफ्र्यु आदेश जारी भएपछिको अवस्थामा कानून बमोजिम गर्ने हो । फिल्डको ‘सिच्युवेशन’ (परिस्थिति)हेरेर आवश्यकताअनुसार गर्ने हो ।’ भन्दै उत्तर दिएका छन् । 

तत्कालिन आईजीपी खापुङले जेनजी, रास्वपाहरुको ‘फेबर’ मा निर्वाचन परिणाम जाओस् भनेर पनि भिडियो सार्वजनिक गरेको हुनसक्ने हुनसक्ने बताएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077