Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापालाई कांग्रेसमा ५ प्रतिशत मात्र समर्थन रहेको सूर्य थापाको दाबी

गगन थापालाई कांग्रेसमा ५ प्रतिशत मात्र समर्थन रहेको सूर्य थापाको दाबी

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आफ्नो पार्टीको मात्र चिन्ता गर्नु भनेका छन् ।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नेतृत्वबाट पछि हट्नुपर्ने भनेका थिए । तर, त्यसको जवाफमा नेता थापाले गगनलाई आफ्नो पार्टीको मात्र चिन्ता गर्न भनेका हुन् ।

सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै थापाले भनेका छन्, 'प्रिय गगन थापाजी, काँग्रेस पार्टीको मात्र चिन्ता गर्नुस्। मैले बुझ्दा तपाईं काँग्रेसको केन्द्रीय समितिमा ५ प्रतिशतको समर्थन र ९५ प्रतिशतको विरोधको हालतमा हुनुहुन्छ।'

थापाको भनाइ गगन थापाले हालै प्रमुख तीन दलका शीर्ष नेताहरू — देउवा, ओली र प्रचण्डलाई नेतृत्वबाट हट्नुपर्ने सुझाव दिएको सन्दर्भमा आएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077