Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

त्रिविको जग्गा खोजबिन प्रतिवेदन सार्वजनिक, करिब २४ सय रोपनी हिनामिना

त्रिविको जग्गा खोजबिन प्रतिवेदन सार्वजनिक, करिब २४ सय रोपनी हिनामिना

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को करिब २४ सय रोपनी जग्गा हिनामिना र अतिक्रमणमा परेको खुलेको छ। विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले गरेको अध्ययन प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

सरकारले आइतबार सार्वजनिक गरेको शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिको प्रतिवेदन अनुसार त्रिविको करिब एक हजार रोपनी जग्गा हराएको र अन्य करिब एक हजार रोपनी विभिन्न व्यक्तिहरूले अतिक्रमण गरेको पाइएको छ ।

त्यस्तै, ललितपुरको लुभु र पुल्चोक क्षेत्रका करिब ४ सय रोपनी जग्गा वर्षौँदेखि भोगचलनबाहिर रहेको पनि प्रतिवेदनले जनाएको छ।

त्रिविको जग्गा अतिक्रमण भएको खबर सार्वजनिक भएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८१ जेठमा पूर्वसचिव त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

प्रतिवेदन अनुसार त्रिविका जग्गा विभिन्न राजनीतिक पहुँचवाल, व्यवसायी र स्थानीय समूहले कब्जा गरेको पाइएको छ। विश्वविद्यालयका निकायहरूले समयमै कानुनी कारबाही नगरेका कारण अतिक्रमण दीर्घकालीन समस्या बनेको समितिको निष्कर्ष छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सो प्रतिवेदन तयार भए पनि सार्वजनिक हुन सकेको थिएन। उनीमाथि प्रतिवेदन रोकेको आरोप समेत लागेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077