Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

संस्कृत विश्वविद्यालयका उपकुलपतिले पनि दिए राजीनामा

संस्कृत विश्वविद्यालयका उपकुलपतिले पनि दिए राजीनामा

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । काठमाडौंमा रहेको संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपालले पनि राजीनामा दिएका छन् ।

धनेश्वर नेपालले शुक्रबार राजीनामा दिएका हुन् । उनी २०८१ पुस ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उपकुलपतिमा नियुक्त भएका थिए ।

सरकारलाई मार्ग प्रशस्त होस् भनेर राजीनामा दिएको उनको भनाइ छ।

नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उपकुलपतिहरूले लगातार राजीनामा दिन थालेका हुन्।

यसअघि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले पनि राजीनामा दिएका थिए । १७ वैशाखमा उपकुलपति प्रा. डा.दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा.केदारप्रसाद रिजालले पद छाडेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077