Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले दिए राजीनामा

त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले दिए राजीनामा

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिएका छन्।

सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश सिफारिस गरेपछि राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरुले राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजाल रहेका छन् ।

सरकारलाई मार्ग प्रशस्त होस् भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ।

राजीनामा दिनेहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको पालामा नियुक्त भएका थिए । उपकुलपति अर्याल ओलीको पालामा र केसी र रिजाल प्रचण्डको पालनामा नियुक्त भएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077