Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनपछि फरार कैदीबन्दीको नामावली सार्वजनिक

जेनजी आन्दोलनपछि फरार कैदीबन्दीको नामावली सार्वजनिक

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि देशभरका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूको नामावली सार्वजनिक गरिएको छ ।

कारागार व्यवस्थापन विभागले आइतबार फरार कैदीबन्दीहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई शीघ्र कारागार फर्किन आग्रह गरेको हो ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट हजारौँ कैदीबन्दी फरार भएका थिए। विभागका अनुसार, हालसम्म ९ हजार ८ जना फरार कैदीबन्दी पुनः कारागारमा आइसकेका छन् भने ५ हजार ५४७ जना अझै फरार छन्।

तीमध्ये ५४० जना भारतीय नागरिक र १०८ जना अन्य विदेशी नागरिक रहेका विभागले जनाएको छ।

गृहमन्त्रालयको आइतबार बसेको मन्त्रीस्तरीय निर्णयअनुसार फरार कैदीबन्दीलाई कारागारमा शीघ्र फिर्ता ल्याउने कार्यलाई प्रभावकारी बनाउन विभागले नामावली सार्वजनिक गरेको हो ।

558027586_825437617096894_3392617361515723468_n-1760280195.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077