Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई हिन्दु राष्ट्र कायम गराएर छाड्छु, गर्दन जाओस् रोकिदैन : दुर्गा प्रसाईँ

नेपाललाई हिन्दु राष्ट्र कायम गराएर छाड्छु, गर्दन जाओस् रोकिदैन : दुर्गा प्रसाईँ

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेपाललाई हिन्दु अधिराज्य घोषणा गराएरै छाड्ने अठोट व्यक्त गरेका छन्।

दिउँसो नयाँ दिल्लीबाट फर्किएका प्रसाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै हिन्दु राष्ट्र घोषणा नहुँदासम्म आन्दोलन नरोकिने बताएका हुन्।

राजावादी आन्दोलनका कमाण्डर प्रसाईले पशुपतिनाथ मन्दिरमा पूजा गरी महत्वपूर्ण घोषणा गर्ने तयारी गरेको बताएका छन्।

उनले भने- 'यो देशलाई हिन्दु राष्ट्र घोषणा गराएरै छाड्छु । यो देशमा हिन्दु राष्ट्र, गर्दन जाओस्, कायम गराएर छाड्छु। आज एउटा घोषणा गर्दैछौं, पशुपतिमा पूजा सकेर सडक सरकारको घोषणा हुनेछ, विस्तृत विवरण त्यहीँ थाहा पाउनुहुनेछ।'

प्रसाईको समूहले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा आयोजना गरेको छ। सोही पूजामा सहभागी हुन उनी विमानस्थलबाट सिधै पशुपति पुगेका हुन्।

सुशीला कार्की नेतृत्वको सरकारलाई लक्षित गर्दै उनले भने- 'यो सरकार टिक्दै टिक्दैन, यो डलरमा आएको हो।'

उनले आफू प्रधानमन्त्री भएको भए २४ घण्टाभित्र ४०० जना भ्रष्टाचारीलाई कारबाही गरिसक्ने भन्दै कडा अभिव्यक्ति दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077