Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च अदालतमा आजबाट रिट र निवेदनहरू दर्ता

सर्वोच्च अदालतमा आजबाट रिट र निवेदनहरू दर्ता

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोटको आइतबार बसेको बैठकको निर्णयबाट आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको हो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भदौ २९ बाट बन्दीप्रत्यक्षकरणको मुद्दा मात्र हेर्दै आएको थियो ।

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू आज २८ असोजदेखि दर्ता एवं सुनुवाइ हुने हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077